• होमपेज
  • Uncategorized
  • कृषिमा आत्मनिर्भर बन्न नितिगत सुधार आवश्यकः सिंचाइ मन्त्री गौतम

कृषिमा आत्मनिर्भर बन्न नितिगत सुधार आवश्यकः सिंचाइ मन्त्री गौतम

  • मङ्लबार, अशोज ३, २०७४
कृषिमा आत्मनिर्भर बन्न नितिगत सुधार आवश्यकः सिंचाइ मन्त्री गौतम

चितवन,असोज ३-

सिँचाइमन्त्री सञ्जयकुमार गौतमले कृषिको उत्पादनलाई वृद्धि गरेर आत्मनिर्भर संगै स्वरोजगार प्रदान गरिने वताएका छन् । भरतपुर विमानस्थलमा आज(मंगलवार) संचारकर्मीसंग कुरा गर्दै गौतमले नितिगत रुपमा राज्य चुकेका कारण कृषिमा आत्मनिर्भर हुन नसकेको बताए । उनले कृषि प्रणालीमा नितिगत रुपले सुधार नगरेसम्म सोचे अनुरुप प्रगती गर्न नसकिने धारणा व्यक्त गरे ।

मन्त्री गौतमले कृषिमा आत्मनिर्भर वढाउन प्रविधिको विकास र आधुनिक कृषि प्रणालिको विकास गर्ने वताए । कृषिलाई आधुनिकिकरण गर्न नसक्दा लाखौं युवाहरु विदेश जान वाध्य भएको उनको भनाई छ । हामी अझै पनि परम्परगत कृषि प्रणालीमा आधारित छौं गौतमले भनेः आत्मनिर्भर वन्न आधुनिक कृषि प्रणालिमा जानुको विकल्प छैन् । देशमा कृषी उत्पादनलाई वृद्धि गरेर रोजकारको अवसर सृजना गर्न तर्फ आफुले ध्यान केन्द्रित गरेको गौतमले बताए ।

अर्को प्रसंगमा मन्त्री गौतमले स्थानिय तहका संरचना निर्माण र कर्मचारी व्यवस्थापन नभएसम्म तिव्र विकास गर्न नसकिने वताए । उनले राष्ट्रिय गौरवका सिँचाई योजनाहरुलाई विशेष प्रथामिकतामा राखेर सरकारले काम गरिरहेको दावी गरे ।

Facebook Comments

सम्बन्धित समाचार