• होमपेज
  • समाचार
  • झापामा स्कुल बसले किचेर बालिकाको मृत्यु

झापामा स्कुल बसले किचेर बालिकाको मृत्यु

  • सोमवार, अशोज २, २०७४
झापामा स्कुल बसले किचेर बालिकाको मृत्यु

झापा, असोज २ –

स्कुल बसले किच्दा झापाको कमल गाउँपालिका–२ भालुगाउँका एक विद्यार्थीको सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईश्वरी न्यौपानेकी ५ वर्षीया छोरी इम्प्रेसा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीकाअनुसार विद्यालयबाट घर फर्कन लागेकी बालिकालाई ओराल्नेक्रममा दिउँसो २ बजे पाथीभरा बोर्डिङ स्कुलको ना३ख ४१७२ नम्बरको बसले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक बालिका सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत् रहेको प्रहरीले जनाएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार