काठमाडौँ,असोज २ –
सरकारले डाक्टरको लापहरवाहीले बिरामीको ज्यान गए डाक्टरले नै क्षतिपूर्ति विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न अस्पतालमा उपचारका क्रममा विरामीको ज्यान जाने क्रम बढेको भन्दै जुन डाक्टरले विरामीको अप्रेसन गरेको हो उसैबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउन लागेको हो ।