• होमपेज
  • Uncategorized
  • राप्रपा प्रजातान्त्रिकबाट राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस

राप्रपा प्रजातान्त्रिकबाट राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस

  • सोमवार, अशोज २, २०७४
राप्रपा प्रजातान्त्रिकबाट राज्यमन्त्रीमा विष्ट र शर्मालाई सिफारिस

काठमाडौँ, असोज २ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू–संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलोपटक राज्यमन्त्री हुन लाग्नुभएको हो ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले उहाँहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएकाले आजै शपथ गराउने कार्यक्रम रहेको पार्टीले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार