धनुषा, असोज २ –
प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एक जनाको बीब बाटोमै मृत्यु भएको छ ।
धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेको अवस्थामा मतदाताको मृत्यु भएको हो । मृत्यु हुनेमा बटेश्वर गाउँपालिका १ का अन्दाजी ५५ बर्षिय योगेन्द्र सिंह रहेको जनाइएको छ ।
स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने बेला उनको निधन भएको राजपा नेपालका विद्यार्थी नेता प्रदिप मन्डलले जानकारी दिए ।