• होमपेज
  • समाचार
  • डेढ घण्टामा १५ प्रतिशत मतदान, ११६ वर्षिय वृद्धद्धारा मतदान

डेढ घण्टामा १५ प्रतिशत मतदान, ११६ वर्षिय वृद्धद्धारा मतदान

  • सोमवार, अशोज २, २०७४
डेढ घण्टामा १५ प्रतिशत मतदान, ११६ वर्षिय वृद्धद्धारा मतदान

चितवन,असोज २-

स्थानीय तहको निर्वाचनमा डेढ घण्टाको अवधीमा कम्तिमा पनि १५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । साढे ८ बजेसम्म कम्तिमा १५ प्रतिशत मतदान भएको छ ।

“स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा बिहान सात बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान शुरू भएको छ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मतदान शुरू भएका ८ जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका प्रतिनिधिहरू आउन ढिला भएको र केहीमा गएराति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भए पनि हाल सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण एवं उत्साजक रूपमा मतदान कार्य जारी रहेको छ ।”

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारी अनुसार, अहिले बिहान ८ः३० बजेसम्ममा करिव १५ प्रतिशत मतदान भइसकेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुनेछन् ।

यसैबीच, सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार