• होमपेज
  • Uncategorized
  • वीरगञ्ज महानगरपालिकामा उत्साहपूर्ण मतदान (तस्विरमा हेर्नुहोस्)

वीरगञ्ज महानगरपालिकामा उत्साहपूर्ण मतदान (तस्विरमा हेर्नुहोस्)

  • सोमवार, अशोज २, २०७४
वीरगञ्ज महानगरपालिकामा उत्साहपूर्ण मतदान (तस्विरमा हेर्नुहोस्)

वीरगञ्ज, असोज २–

पर्सा जिल्लामा आज बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ ।

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्णरुपमा शुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्नुभएको छ ।

यसैगरी सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो मताधिकारको प्रयोग गर्नुभयो ।

जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुनेक्रम बढ्दै गएको छ ।

सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीले बताएका छन् । जिल्लामा १६७ मतदान स्थल र ३४४ मतदान केन्द्रबाट मतदातामा आफ्नो मत हाल्न शुरु गरेका छन् ।

तस्विरः प्रदीप मल्ल 

Facebook Comments

सम्बन्धित समाचार