• होमपेज
  • समाचार
  • सप्तरीमा दुई मन्त्रीद्वारा मतदान, एक स्थानमा तनाव

सप्तरीमा दुई मन्त्रीद्वारा मतदान, एक स्थानमा तनाव

  • सोमवार, अशोज २, २०७४
सप्तरीमा दुई मन्त्रीद्वारा मतदान, एक स्थानमा तनाव

राजविराज (सप्तरी), असोज २–

संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिका अन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् ।

त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । सो मतदान केन्द्रमा एक हजार ३६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भएका छन् ।

यसैबीच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस
–––

Facebook Comments

सम्बन्धित समाचार