• होमपेज
  • समाचार
  • उत्तर कोरियालाई धम्की नदिन अमेरिकालाई चीनको चेतावनी

उत्तर कोरियालाई धम्की नदिन अमेरिकालाई चीनको चेतावनी

  • सोमवार, अशोज २, २०७४
उत्तर कोरियालाई धम्की नदिन अमेरिकालाई चीनको चेतावनी

वासिङटन,असोज २-

चीनले उत्तर कोरियामाथि धम्की नदिन अमेरिकासँग आग्रह गरेको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले अमेरिकी सरकारसँग यस्तो आग्रह गरेका हुन् । हाल उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लागू गरेको छ । यसले उत्तर कोरिया आफ्ना आणविक र क्षेप्यास्त्र परीक्षणबाट पछि हट्ने अमेरिकी बुझाइ छ । अमेरिकाले ल्याएको प्रस्तावमा राष्ट्रसंघले गत साता थुप्रै प्रतिबन्ध लागू गरेको थियो ।

त्यस प्रतिबन्धमा चीन र रूसले पनि समर्थन गरेका थिए । उत्तरको परीक्षणको उनीहरूले सामान्य विरोध गर्दै आएकोमा चीनको यस्तो कदमबाट प्योङयाङ एकलिएको अनुमान गरिएका थिए । आफूले अघि सारेको प्रस्तावमा रूस र चीन पनि सहमत भएको भन्दै अमेरिका र पश्चिमा शक्तिहरू खुसी भएका थिए । चीनले उत्तर कोरियाले परीक्षण नगर्नुपर्ने र अमेरिका एवं दक्षिण कोरियाबीच कोरियाली प्रायद्वीपमा चल्दै आएको संयुक्त सैन्य अभ्यास रोक्न माग गर्दै आएको थियो । यसैगरी चीनले कोरियामा स्थापित अमेरिकी उच्च सुरक्षा प्रणाली ९थाड० पनि हटाउन भन्दै आएको छ ।

शुक्रबार चिनियाँ राजदूतले उत्तर कोरियामाथि थप धम्की नदिन अमेरिकालाई आग्रह गरेका थिए । शुक्रबार मात्रै उत्तर कोरियाले जापानमाथि क्षेप्यास्त्र परीक्षण गरेको थियो । राष्ट्रसंघीय नाकाबन्दीको विरोधमा आफूले थप परीक्षण गर्नुपरेको उसले स्पष्ट पारेको थियो । उच्चायुक्त कुईले सञ्चारमाध्यमसँग भने, ‘मलाई लाग्छ, अमेरिकाले यो समस्या सुल्झाउन प्रभावकारी कार्यक्रम गर्नुपर्छ । वार्ता गरेर समस्या समाधानमा जोड दिनुपर्छ, अब धम्की दिने काम बन्द गर्नुपर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एवं पश्चिमा शक्तिहरूले चीनले प्योङयाङमाथि दबाब दिनुपर्ने बताउँदै आएका छन् ।

तत्काल कूटनीतिक र आर्थिक दबाब दिएर प्योङयाङका आणविक र क्षेप्यास्त्रसम्बन्धी काम रोक्न लगाउनुपर्ने उनीहरूको माग छ । सेप्टेम्बरको शुरुवातमा उत्तर कोरियासँग व्यापार गर्ने देशहरूसँग अमेरिकाले व्यापार नगर्ने धम्की दिएका थिए । कुईले त्यतिखेर यसको प्रतिवाद गरेका थिए । उनले ‘यस्तो बेतुकको कुरा नगर्नु अमेरिकालाई चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘चीन र अमेरिकाबीचको व्यापार नोक्सान पुर्‍याउन वा चीनमाथि प्रतिबन्ध लगाउन खोज्नु व्यर्थ हुनेछ । अधिकांश अमेरिकीले नै अमेरिकाको यस्तो नीतिको समर्थन गर्नेछैनन् ।अन्नपुर्णपोष्टवाट साभार

Facebook Comments

सम्बन्धित समाचार