• होमपेज
  • समाचार
  • ११ अर्ब भ्रष्टचारको आरोप लागेका चुडामणि शर्माको घरमा बम विस्फोट

११ अर्ब भ्रष्टचारको आरोप लागेका चुडामणि शर्माको घरमा बम विस्फोट

  • सोमवार, अशोज २, २०७४
११ अर्ब भ्रष्टचारको आरोप लागेका चुडामणि शर्माको घरमा बम विस्फोट

काठमाडौं, असोज २ –

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक तथा कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्माको घरमा विस्फोट भएको छ ।

बूढानिलकण्ठमा रहेको घरमा गएराति परिचय नखुलेको समूहले विस्फोटक पदार्थ पड्काएको प्रहरीले जनाएको छ ।विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको बूढानिलकण्ठ प्रभागका प्रहरी नायब निरीक्षक सुमन बानियाँले  जानकारी दिनुभयो ।

घटनास्थलमा विजुलीको तारलगायत र अन्य केही वस्तु फेला परेको उहाँले बताउनुभयो । शर्माले कर फछ्र्यौट आयोगमा रहँदा ११ अर्ब रुपैयाँ कर छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार