• होमपेज
  • Uncategorized
  • भरतपुरमा ‘सिएमसी अन्तरवडा मेयर कप क्रिकेट’ सुरु

भरतपुरमा ‘सिएमसी अन्तरवडा मेयर कप क्रिकेट’ सुरु

  • आइतवार, अशोज १, २०७४
भरतपुरमा ‘सिएमसी अन्तरवडा मेयर कप क्रिकेट’ सुरु

चितवन, असोज १–

‘सि.एम.सी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिता’को आईतबार उद्धाघाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिताको मेयर दाहालले व्याटिङ तथा समाजसेवी ममता न्यौपानेले बलिङ गरि प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा बोल्दै मेयर दाहालले खेलकुदले मानिसलाई स्वस्थ बनाउनुको साथै देशलाई विश्वमै चिनाउने महत्वपूर्ण क्षेत्र भएकोले चितवनको क्रिकेट खेलको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनेको क्रिकेटले देशलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाएकोले क्रिकेटलाई विशेष महत्व दिनुपर्ने बताउनुभयो । मेयर दाहालले यस्तो प्रतियोगिता आयोजना गर्नाले स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन र हौसाला मिल्ने भएकाले पनि आयोजना हुनु आवश्यक रहेको औल्याउनुभयो ।

भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा बिशिष्ट अतिथी ममता न्यौपाने, नेपाली काँग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठ, मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष परमेश्वर खनाललगायतका अतिथीहरुको उपस्थििती रहेको थियो ।

त्यसैगरि विशिष्ट अतिथी समाजसेवी ममता न्यौपानेले सि.एम.सी हस्पिटलले सामाजिक सेवामा विभिन्न किसिमका कार्यगर्दे आइरहेको र खेलकुदलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमलाई सहयोग गरिएको बताउनुभयो । नेपाली काँग्रेस चितवनका नेता मिलनबाबु श्रेष्ठले खेलकुदले सबै व्यक्तिलाई जोड्ने हुँदा खेलकुदमा राजनीति हुन नहुने बताउँदै सबैको सहयोगमा सि.एम.सी अन्तरवडा मेयर कप क्रिकेट प्रतियोगिता सफल बनाउनुपर्ने बताउनुभयो ।

उद्घाटन खेलमा वडा नं.१० विजयी

प्रतियोगिताको उद्धघाटन खेलमा आईतबार भरतपुर महानगरपालिकाको ९ नम्बर वडा र १० नम्बर वडा बीच भएको प्रतिस्पर्धामा १० नम्बर वडा बिजयी भएको छ ।

खेलमा भरतपुर १० नं.वडा वडा ८ विकेटले विजयी भयो । ९ नं.वडाले दिएको ८१ रनको लक्ष्य १० नंं.वडाले ७ ओभरमै २ विकेट गुमाउँदै पुरा गर्‍यो ।

खेलमा पहिलो व्याटिङ गर्दे वडा नम्बर ९ ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाई ८० रन बनाएको थियो । वडा नम्बर ९ लाई सस्तैमा समेट्ने क्रममा भरतपुर वडा नम्बर १० का देबु मल्लले ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

यस्तै प्रतियोगिता अन्तरगत सोमबार भरतपुर महानगरका वडा नम्बर १९ र १३ बीच प्रतिस्पर्धा हुने भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभएको छ । प्रतियोगीतामा अहिलेसम्म १८ वटा वडाले सहभागिता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार