• होमपेज
  • Uncategorized
  • एमाले मतदातालाई भोट हाल्न नजान धम्कि

एमाले मतदातालाई भोट हाल्न नजान धम्कि

  • आइतवार, अशोज १, २०७४
एमाले मतदातालाई भोट हाल्न नजान धम्कि

धनुषा,असोज १-

कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकामा एमाले समर्थक मतदाताहरुलाई मतदान नसकुन्जेल घरबाट बाहिर ननिस्कन चेतावनी दिइएको छ ।

अकौडामा निधि, सुरक्षाकर्मी, कांग्रेसका मेयर उम्मेदवार परमेश्वर यादव लगाएतको बैठकले अकौडा क्षेत्रका एमाले समर्थक मतदाताहरुलाई आइतबार बिहानैदेखि घर छोड्न वा असोज २ गते साँझ ५ बजे अघि घरबाट बाहिर निस्किन नदिन प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुरुप राती देखि नै प्रहरीले एमालेका स्थानीय कार्यकर्ताको घरघर पसेर आइतबार बिहानसम्म गाउँ छोड्न उर्दी जारी गरेका थिए । प्रहरीसँगै मेयरका कांग्रेस उम्मेदवार परमेश्वर यादव पनि थिए । प्रहरीले एमाले समर्थकलाई गाउँ छोड्न उर्दी लगाएपछि ५७ जना भन्दा बढी एमाले समर्थकले गाउँ छोडेको चक्रपथले जनाएको छ । एमाले स्थानीय कार्यकर्तालाई प्रहरीले पक्राउ गरी बेपत्ता बनाएको भन्दै खोजीका लागि एमाले नेता रघुबीर महासेठ सक्रिय भएको जनाइएको छ ।

एमालेको पक्षमा मतदान गर्नेहरुलाई असोज २ गते मतदानको अवधी नसकिंदासम्म घरबाट बाहिर ननिस्कन उर्दी जारी गरिएको स्थानीय कांग्रेस कार्यकर्ताले स्वीकार गरे । ‘एमाले मधेस विरोधी भएकाले एमालेलाई भोट दिनेजति सबैलाई भोलि मतदान नसकेसम्म घरबाट बाहिर ननिस्कन भनेका छौं’ स्थानीय कांग्रेस नेता प्रभात रायले भन्नुभयो, ‘घर छोडेर जानु भनेको होइन, मतदान नसकेसम्म घरबाट बाहिर ननिस्कनु र मतदान गर्न नजानु भनेका हौं ।’

निधिको गृहनगर नगराइनमा एमालेले नगराइनमा रामबाबु साहलाई मेयर र राधिका यादवलाई उपमेयरमा उम्मेदवार बनाएको छ । पूर्व गृहमन्त्री समेत रहेका निधिले नगराइन नगरपालिकामा कुनै पनि हालतमा एमालेलाई जित्न नदिन आवश्यक सबै प्रबन्ध गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार