• होमपेज
  • समाचार
  • मौन अवधिमा भोट माग्ने राजपाका नेतासँग स्पष्टीकरण माग

मौन अवधिमा भोट माग्ने राजपाका नेतासँग स्पष्टीकरण माग

  • आइतवार, अशोज १, २०७४
मौन अवधिमा भोट माग्ने राजपाका नेतासँग स्पष्टीकरण माग

काठमाडौं, असोज १ –

सोमबार प्रदेश नं. २ मा हुने स्थानीय तहको तेस्रो चरणको चुनावका क्रममा निर्वाचन आचार संहिता विपरित मौन अवधिमा भोट माग्ने राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेदवार तथा नेतासँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।

राजपाका नेता एवं व्यवस्थापिका संसद्का सदस्य लक्ष्मणलाल कर्ण र राजपाकै जगरनाथपुर गाउँपालिका–६ को वडाअध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पिष्टीकरण मागिएको हो ।

उनीहरुसहित झण्डै एकसय ५० जना नेता कार्यकर्ता पर्सा जिल्लाको जगरनाथपुरमा मत माग्दै हिँडेका थिए । यसरी निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिँडेकाले लक्ष्मणलाल कर्ण र धुरन्दर साहलाई २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार