• होमपेज
  • समाचार
  • ईन्जिनियरमाथी भएको दुव्र्यवहारप्रति कर्मचारीको विरोध,घटनामा संलग्नलाई कारवाही गर्न मेयरको माग

ईन्जिनियरमाथी भएको दुव्र्यवहारप्रति कर्मचारीको विरोध,घटनामा संलग्नलाई कारवाही गर्न मेयरको माग

  • आइतवार, अशोज १, २०७४
ईन्जिनियरमाथी भएको दुव्र्यवहारप्रति कर्मचारीको विरोध,घटनामा संलग्नलाई कारवाही गर्न मेयरको माग

चितवन,असोज १-

रत्ननगर नगरपालिकाका ईन्जिनियर प्रकाशचन्द्र ढुङगाना माथी भएको दुव्र्यवहारको यहाँका कर्मचारी संगठनले विरोध गरेका छन । घटना भए लगत्तै बैठक बसेर निकालिएको विज्ञप्तीमा ढुङगानामार्थी भएको दुव्यहार समग्र नगरपालिकाका कर्मचारी माथीको दुव्यवहार भन्दै दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । नेपाल नगरपालिका कर्मचारी ईकाई समिति रत्ननगर,स्थानीय तह कर्मचारी युनियन रत्ननगर,स्थानीय तह कर्मचारी संघ रत्ननगर,स्थानीय तह कर्मचारी संगठन र नेपाल नगरपालिका केन्द्रीय समितिले सयुक्त रुपमा विज्ञप्ती निकालेर दोषीलाई कारबाहीको माग गरेका हुन ।

घटनाको विरोधमा नगरपालिकाका कर्मचारीहरुले सोमवार पेन डाउन गरी सेवा अवरुद्ध गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । नगरपालिकाका मेयर नारायण वनले मुलुकमा गणतन्त्र स्थापना भई स्थानीय सरकार बनिसकेपछि पनि यस्तो अपमानजन कार्यगर्नेलाई राज्यले कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । उनले नगरपालिकाको सम्मानित पदमा कार्यरत कर्मचारी माथी दुव्यहार गर्ने विप्लप माओवादीका कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसंग माग गरेका छन ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले ढुंगाना माथी दुव्र्यवहार गर्नेको खोजि कार्यभईरहेको र उनीहरुलाई पक्राउ गरी कारबाही गर्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार