• होमपेज
  • समाचार
  • ओलीले भनेः ७ वटै प्रदेशमा एमालेले सरकार बनाउँछ

ओलीले भनेः ७ वटै प्रदेशमा एमालेले सरकार बनाउँछ

  • आइतवार, अशोज १, २०७४
ओलीले भनेः ७ वटै प्रदेशमा एमालेले सरकार बनाउँछ

काठमाडौं,असोज १-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि नेकपा एमालेले ७ वटै प्रदेशमा सरकार बनाउने बताएका छन् । काठमाडौंमा आइतबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । “७ वटै प्रदेशमा एमालेको सरकार बन्छ,” उनले भने, “देश बनाउने हो भने एमालेको नेतृत्वमा सरकार बनाउनुको विकल्प छैन ।”

उनले धनुषामा कांग्रेस र पूर्वगृहमन्त्री विमलेन्द्र निधिले ताण्डव मच्चाइरहेको पनि बताए । उनले त्यहाँ एमालेका कार्यकर्तामाथि धरपकड भैरहेको पनि बताए । “बाधा व्यवधान पन्छाएर एमालेले सरकार बनाउँछ,” उनले भने, “बहुमत पनि ल्याउँछ । चाडपर्व आउँदैछ । छठपर्व लगत्तै सबैले सूर्य पुजा गर्छन् ।”

Facebook Comments

सम्बन्धित समाचार