• होमपेज
  • समाचार
  • उत्तर कोरियालीले अमेरिकालाई घृणा गर्नुको कारण यस्तो रहेछ

उत्तर कोरियालीले अमेरिकालाई घृणा गर्नुको कारण यस्तो रहेछ

  • आइतवार, अशोज १, २०७४
उत्तर कोरियालीले अमेरिकालाई घृणा गर्नुको कारण यस्तो रहेछ

काठमाडौ,असोज १ –

अधिकांश उत्तर कोरियाली नागरिकले अमेरिकालाई घृणा गर्छन् । आजभन्दा ६७ वर्ष पहिला कोरियाली प्रायद्धीपमा सुरु भएको रत्तपातपूर्ण युद्धले यस्तो घृणाको बीउ रोपेको हो ।
विशेषगरी राजनीतिक कारणले कोरियाली प्रायद्धीपमा युद्ध सुरु भएको थियो । सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि हस्तक्षेप गरेपछि युद्ध सुरू भएको हो । युद्धमा संयुक्त राष्ट्रसंघ तथा अमेरिका दक्षिण कोरियाको पक्षमा उभिएका थिए । चीनले उत्तर कोरियाको पक्षमा उक्त युद्ध लडेको थियो । रूसले पनि उत्तर कोरियालाई आथिर्क तथा सैन्य सहयोग उपलब्ध गराएको थियो ।
तीन वर्षसम्म चलेको कोरियाली युद्धमा लाखौं मानिसले ज्यान गुमाउन पुगेका थिए ।अमेरिका, चीन, उत्तर कोरिया र दक्षिण कोरिया सहभागी भएको उक्त युद्धमा ४० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । १३ लाख दक्षिण कोरियाली तथा करीव १५ लाख उत्तर कोरियालीको ज्यान गएको थियो । त्यस्तै ६ लाख चिनियाँ सेना र ३३ हजार अमेरिकी सेनाको ज्यान गएको थियो ।
दोस्रो विश्व युद्धमा कोरिया जापानको अधिपत्यमा रहेको थियो । विश्व युद्धमा रूस, चीन र अमेरिकाले जापानलाई पराजित गरेपछि कोरिया जापानी उपनिवेशबाट मुक्त भएको थियो । तर दोस्रो विश्व युद्ध अन्त्य भएसँगै उत्तरतर्फ रूस तथा चीनको प्रभाव र दक्षिणतर्फ अमेरिकी प्रभाव बढ्न गएको थियो । रूस र अमेरिकाबीच उत्पन्न तनावले गर्दा कोरियालाई विभाजित गरी २ वटा मुलुक बनाउन परेको थियो । उत्तर तर्फको भूभागमा रुसको सहयोगमा कम्युनिष्ट शासन र दक्षिणमा अमेरिकाको सहयोगमा पुँजीवादी शासन स्थापना गरिएको थियो ।
कोरियाली युद्ध स्थगितमात्रै गरिएको थियो । औपचारिक युद्ध विरामबिना नै अन्त्य भएका कारण उत्तर कोरिया तथा दक्षिण कोरिया प्राविधिकरूपमा युद्धमा नै रहेको मानिन्छ । । शीत युद्धभर दुबै मुलुकबीच तनाव बढेको र उत्तर तनाव अहिलेसम्म पनि जारी रहेको छ ।
राजनीतिक कारणले ३ वर्षसम्म रक्तपातपूर्ण युद्धमा होमिएका उत्तर कोरियालीले अमेरिकालाई अझैपनि घृणा गर्छन् । उक्त युद्धका कारण उत्तर कोरियालीले अमेरिकालाई आफ्नो प्रमुख दुश्मन ठान्छन् ।

– एजेन्सीहरुको सहयोगमा

Facebook Comments

सम्बन्धित समाचार