• होमपेज
  • समाचार
  • दशैं तिहारको लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी

दशैं तिहारको लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी

  • आइतवार, अशोज १, २०७४
दशैं तिहारको लागि मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ, असोज १ –

हिन्दु नेपालीहरुको महान पर्व दशैं तिहार नजिकिएसंगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ ।

बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन र राजधानी काठमाडौंको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालीएको हो । भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका ब्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् ।

कृषकहरुले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन भने देशका विभिन्न ठाउँका ब्यापारीहरु खरिदका लागि त्यहाँ पुगेका छन् । बेनी–जोमसोम सडक भएर दैनिक संयौको संख्यामा भेडाच्याङ्ग्रा निकासी भैरहेको छ । दशैं तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्कीएका भेडाच्याङ्ग्राको मासु स्वाद र स्वास्थ्यका हिसाबले राम्रो मानिने भएकाले दशैं तिहारका बेला यसको खपत र बिक्री बढ्ने गरेको छ ।

एउटा भेडालाई १९ हजार र च्याङ्ग्रालाई २५ देखि ३२ हजार रुपैयाँ सम्ममा खरिद बिक्री भैरहेको ब्यापारीहरुले बताएका छन् । यस वर्ष मुस्ताङबाट करिब बीस हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालय मुस्ताङको अनुमान छ ।

खाद्य संस्थानले पनि मुस्ताङबाट दुई हजार भेडाच्याङ्ग्रा काठमाडौ लैजाने भएको छ । गत वर्ष मुस्ताङका कृषकले १३ हजार भेडा र ८ हजार च्याङग्रा निकासी गरेर २७ करोड रुपैया आम्दानी गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार