• होमपेज
  • समाचार
  • पूर्व सांसदले पेन्सन नपाउने तर, सम्मान पाउने

पूर्व सांसदले पेन्सन नपाउने तर, सम्मान पाउने

  • आइतवार, अशोज १, २०७४
पूर्व सांसदले पेन्सन नपाउने तर, सम्मान पाउने

काठमाडौं,असोज १-

संविधान जारी गर्ने दोस्रो संविधानसभाका सदस्यहरुलाई अब आउने संघीय संसदका सांसद सरहको मर्यादाक्रम दिने प्रस्ताव सहित पूर्व विशिष्ठ पदाधिकारीको सेवा सुबिधा सम्बन्धी बिधेयक अघि बढेको छ । तर, पहिलो संविधानसभाका सदस्यले भने सो मर्यादाक्रम पाउने छैनन् ।

राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिले आइतबार बिधेयकमा सहमति जुटाएको हो । अब दोस्रो संविधानसभाका सदस्यहरुले पहिचान जनिने सभासदको लोगोसहित संघीय संसदका सदस्य सरहको मर्यादा पाउनेछन् ।

आर्थिक भार नथपिने गरी बरियताक्रम मिलाइएको उपसमितिका सदस्य रविन्द्रप्रताप शाहले बताए । पूर्व बिशिष्ठ पदाधिकारी भन्नाले पूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीकै लहरमा पूर्वसांसद र पूर्वसभासद पनि थपिएको छ ।

तर, पूर्व सांसदले पेन्सन लगायतका सुबिधा पाउने छैनन् । जीवनवहादुर शाहीको संयोजकत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिको पूर्ण बैठकमा पेश गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा