• होमपेज
  • मनोरञ्जन
  • भुवन केसी र दीलिप रायमाझी जन्मदिन आज

भुवन केसी र दीलिप रायमाझी जन्मदिन आज

  • आइतवार, अशोज १, २०७४
भुवन केसी र दीलिप रायमाझी जन्मदिन आज

काठमाडौँ,असोज १ –

फिल्म क्षेत्रका दुई अभिनेता भुवन केसी र दीलिप रायमाझी आज एकैदिन (असोज १ गते) जन्मदिन मनाउँदैछन् । अहिले दुवै सुपरस्टार अमेरिकामा छन् । एक अवार्डमा सहभागी हुन छोरा अनमोल केसीसँग अमेरिका पुगेका भुवन केसी दशैँ मनाएर मात्र नेपाल फर्किने तयारीमा छन् भने दीपिल रायमाझी स-परिवारसहित झण्डै २ वर्षदेखि अमेरिकामा छन् । भुवन केसी र दीलिप रायमाझीले यस वर्षको आफ्नो जन्मदिन अमेरिकामा नै मनाउनेछन् ।

६१ वर्षमा प्रवेश गरेका भुवन केसीले सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । सम्झना, कुसुमे रुमाल, साइनो, सपना, कन्यादान, चिनो लगायत फिल्ममा अभिनय गरेका केसी पछिल्लो समय सफल निर्माताको रुपमा चिनिन्छन् । करोडपति, नेपाली बाबु, सुपरस्टार लगायत फिल्ममा लगानी समेत गरेका भुवनले फिल्म ‘ड्रिम्स’बाट निर्देशनमा पनि हात हाले । नायक, निर्माता र निर्देशनमा पनि आफूलाई हिट सावित गराएका भुवनका छोरा अनमोल केसी अहिलेका सुपरस्टार हुन् ।

यस्तै, नायक दीलिप रायमाझी एक समयका चर्चित नायक हुन् । तर, पछिल्लो समय आफू अभिनित फिल्महरु असफल हुन थालेपछि उनी अमेरिकामा स-परिवारसहित रहँदै आएका छन् । आफ्नो मान्छे, दर्पणछाँया, निशाना, तकदिर, पालेदाई लगायतमा फिल्ममा अभिनय गरेका दीलिप आफ्नो उमेर भने बताउन चाहन्नन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि