• होमपेज
  • मनोरञ्जन
  • ‘टाइगर जिन्दा है’ र ‘ठग्स अफ हिन्दोस्तान’को रिलिज घोषणा

‘टाइगर जिन्दा है’ र ‘ठग्स अफ हिन्दोस्तान’को रिलिज घोषणा

  • आइतवार, अशोज १, २०७४
‘टाइगर जिन्दा है’ र ‘ठग्स अफ हिन्दोस्तान’को रिलिज घोषणा

काठमाडौँ,असोज १ –

यश राज फिल्मसले शनिवार बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’ २२ डिसेम्बर र रानी मुखर्जीको अभिनय रहेको फिल्म ‘हिचकी’ अर्को वर्षको २८ फेव्रअरीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । अली अब्बास जफर निर्देशक ‘टाइगर जिन्दा है’ ‘एक था टाइगर’ को सिक्वेल हो । यो फिल्ममा सलमान खान र कैटरीना कैफ मुख्य भूमिकामा छन् ।

वर्ष २०१४ मा आएको ‘मर्दानी’ फिल्मपछि ‘हिचकी’ रानीको प्रदर्शन हुन लागेको पहिलो फिल्म हो । यो फिल्मले एक महिलाको प्रेरणादायिक कहानी बोल्छ, जसले आफ्नो कमजोरीलाई तागतमा बदल्छिन् । यो फिल्मका निर्देशक सिद्धार्थ पी मल्होत्रा हुन् । यस्तै, निर्देशक दिबाकर बनर्जीको निर्देशनमा बनेको अर्जुन कपूर-परिणीति चोपडा अभिनित फिल्म ‘सन्दीप और पिंकी फरार’ ३ अगष्टमा प्रदर्शन हुनेछ ।

यसको अलावा ‘सुई धागा-मेड इन इन्डिया’ फिल्म अर्को वर्षको २८ सेप्टेम्बरमा प्रदर्शन हुने घोषणा गरिएको छ । यश राज ब्यानरमा बनेको ‘ठग्स अफ हिन्दोस्तान’ फिल्म अर्को वर्षको ७ नोभेम्बरमा प्रदर्शन हुनेछ । यसअघि यो फिल्म यसै वर्षको अक्टुबर २० मा प्रदर्शन हुने बताइएको थियो । यो फिल्ममा मेगा स्टार अमिताभ बच्चन, आमिर खान, कैटरीना कैफ र फातिमा सना शेख मुख्य भूमिकामा देखिँदैछन् ।

Facebook Comments

सम्बन्धित समाचार