• होमपेज
  • Uncategorized
  • भ्रष्टचार गरेको भन्दै रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला (भिडियोसहित)

भ्रष्टचार गरेको भन्दै रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला (भिडियोसहित)

  • आइतवार, अशोज १, २०७४
भ्रष्टचार गरेको भन्दै रत्ननगर नगरपालिकाका इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला (भिडियोसहित)

चितवन, असोज १–

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगाना लाई मोविल(कालोमोसो) दलेर दुव्र्यवहार गरेका छन् । आज (आइतबार) नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा रहेका ढुङगानामाथि माओवादी कार्यकर्ताले मोविल खन्याएका हुन् ।मोविल खन्याएपछि जुत्ताको माला समेत लगाइदिएका छन् ।

ढुङगानाले भ्रष्टाचार गरेकाले कार्वाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनिमाथि परियोजना र संस्थागत वजेट पारिदिने नाममा कमिसन खाने गरेको,घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको लगाएतका आरोप लगाइएको छ ।

४ जनाको संख्यामा आएका उनिहरु मोविल खन्याएपछी भागेका थिए । घटना संलग्न नेकपाका कार्यकर्ताको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।कार्यालयमा रहेको सिसिटिभी हेरेर घटनामा संलग्नको पहिचान गरिने प्रहरीले वताएको छ ।इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख वासुदेव खतिवडाले घटनामा संलग्नहरुको खोजी भए पनि अहिलेसम्म कोही पक्राउ नपरेको जानकारी दिए ।

यता इन्जिनियर ढुङगानाले भने केही दिन अघि विप्लवका कार्यकर्ताले चन्दा मागेको र चन्दा नदिएपछि यस्तो हर्कत गरेको बताएका छन् । घटनाको बिरोधमा प्रेस बिज्ञप्ती जारी गर्दै संयक्त टे«ड युनियन समन्वय समिती रत्ननगर नगरपालिकाले दोषी उपर कडा कारबाहीको माग गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार