• होमपेज
  • Uncategorized
  • दाङमा बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङमा बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

  • आइतवार, अशोज १, २०७४
दाङमा बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङ,असोज १ –

यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ ।

नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिनुभयो । उनीहरूको निःशुल्क आँखाको शल्यक्रिया गरिने नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवी रिजालले जानकारी दिनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार