• होमपेज
  • समाचार
  • एमाले उम्मेदवारलाई आइएसआईको एजेन्ट भनेर बदनाम गर्ने युवक पक्राउ

एमाले उम्मेदवारलाई आइएसआईको एजेन्ट भनेर बदनाम गर्ने युवक पक्राउ

  • शनिबार, भदौ ३१, २०७४
एमाले उम्मेदवारलाई आइएसआईको एजेन्ट भनेर बदनाम गर्ने युवक पक्राउ

रौतहट, भदौ ३१ –

नेकपा एमालेको तर्फबाट गौर नगरपालिकामा मेयरका उम्मेदवार बनेका शम्भु साह कानुको चरित्र हत्या हुने गरी पम्पलेट छापेर वितरण गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्रेको छ ।

एमाले उम्मेदवार कानुलाई पाकिस्तानी खुफिया एजेन्सी आइएसआईको एजेण्ट र अण्डरवल्र्डसँग साँठगाँठ रहेकोले नगरबासीहरु निजलाई भोट नदिउँ जस्ता ह्याण्ड पम्पलेट गौर बजारमा छरिएको तथा गौरको विपी चोकमा त्यस्तै पम्पलेट फोटोकपि गराइरहेको अवस्थामा टिकुलीयाका १८ वर्षका कौशल सहनीलाई प्रहरीले पक्रेको हो ।

बजारमा छरिएको पम्पलेटम भण्डाफोर शीर्षक राखेर नागरिक समाजको तर्फबाट निकालिएको भ्रम छरेका थिए । त्यस्तो भ्रामक पत्रमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितलाई तथानाम गालीग्लौज गरी चरित्र हत्या हुने खालको सूचना सम्प्रेषण गरेपछि प्रहरीको ध्यानाकर्षण भएको थियो ।

प्रहरीले त्यस्ता व्यक्तिमाथि निगरानी बढाएर अनुसन्धान गर्दा विपी चोकमा फोटो कपी पसलमा ६० थान प्रिन्ट गराउँदै गरेको अवस्थामा प्रहरीले सहनीलाई समातेको एसपी यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । चुनावको समयमा उम्मेदवारको चरित्र हत्या गरी कसैलाई फाइदा पुर्याउने कार्यलाई स्थानीय प्रशासनले कडाईका साथ निगरानी बढाएको उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार