• होमपेज
  • समाचार
  • विराटनगरमा ओलीले भनेः भ्रष्ट सरकारबाट विकासको आशा नगरौं

विराटनगरमा ओलीले भनेः भ्रष्ट सरकारबाट विकासको आशा नगरौं

  • शनिबार, भदौ ३१, २०७४
विराटनगरमा ओलीले भनेः भ्रष्ट सरकारबाट विकासको आशा नगरौं

विराटनगर,भदौ ३१ –

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी सरकारबाट कुनै अपेक्षा गर्न नसकिने बताउनु भएको छ । भ्रष्टाचार, अनियमिता, स्वेच्छाचारितामा सरकारले रेकर्ड कायम गरेको ओलीले बताउनुभयो ।

शनिवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले सरकार नै भ्रष्टाचारी भएपछि राज्यका कुनै अंग र निकायले प्रभावकारी ढंगले काम गर्न नसकेको वताउनुभयो । ‘कांग्रेस-माओवादी गठबन्धन सरकारको उद्धेश्य फरक भएकाले सर्वसाधारणले यस सरकारवाट कुनै पनि आस नगर्दा हुन्छ’ ओलीले भन्नुभयो, ‘यो सरकार देश बनाउन होइन, अर्कैका स्वार्थ पूरा गर्ने भरियाका रुपमा गठन भएको हो, यसले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्ने बाहेक केही काम गर्दैन ।’

वर्तमान सरकारको रुपरेखा र उद्धेश्य अन्तैबाट तयार भएकाले यसबाट नागरिकले आशा गर्न नसक्ने वताउनुभयो । ‘देश बनाउन निर्माण भएको सरकार भए जनताले त्यही अनुसारको आशा र महसुस पनि गर्थे’ ओलीको भनाई थियो, ‘वर्तमान सरकारको रुपरेखा र उद्धेश्य अन्यत्रवाटै तयार भएको हो, यसले जे गर्छ त्यसैका लागि गर्छ ।’ अध्यक्ष ओलीले निर्वाचन आयोग रबर र काठको स्टाम्प जस्तै भएको बताउनु भयो ।

२ नम्बर प्रदेशको निर्वाचनमा आयोगेको कमजोर उपस्थितिबारे टिप्पणी गर्दै ओलीले सरकारको रबरस्टाम्पजस्तो भएको टिप्पणी गर्नुभयो । ‘निर्वाचन आयोग रबर वा काठको स्टाम्प जस्तो भएको छ, त्यसले आयोगले जसरी काम गर्न सकेको छैन’ ओलीको भनाई थियो । चुनावमा पर्यवेक्षणमा खटिने स्वतन्त्र संघसंस्थाका प्रतिनिधिको काम पनि स्वतन्त्र हुन नसेको ओलीको टिप्पणी थियो । उहाँले देखावटी रुपमा मात्र यस्ता संस्थाका प्रतिनिधि परिचालन भएको वताउनुभयो । ओलीले अदालतमा भएको पछिल्लो पटकको सरुवा पनि निर्वाचन आचारसंहिता विपरित भएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘अहिले नै त्यत्रो सरुवा किन गर्नु परेको रु’ ओलीले सरकारको काम कार्वाही आलोचना गर्नेबाहेक अरु केही पनि हुन नसकेको बताउनुभयो । सुनसरीको दुहबी नगरपालिकामा पार्टी प्रवेश तथा इटहरी उपमहानगरपालिकाको नगर परिषद भेला उदटन कार्यक्रममा सहभागी हुन उहाँ पूर्व आउनुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार