• होमपेज
  • समाचार
  • एमालेको चुनाव प्रचारका लागी केपी ओलीसँगै देवी ज्ञवाली र बद्री पंगेनी पनि मधेसमा

एमालेको चुनाव प्रचारका लागी केपी ओलीसँगै देवी ज्ञवाली र बद्री पंगेनी पनि मधेसमा

  • शुक्रबार, भदौ ३०, २०७४
एमालेको चुनाव प्रचारका लागी केपी ओलीसँगै देवी ज्ञवाली र बद्री पंगेनी पनि मधेसमा

चितवन,भदौं ३० –

निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा ठिक एकदिन अघि मधेस झरेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै भरतपुर महानगरपालिकामा माओवादी कोपभाजनमा परेका एमाले नेता देवी ज्ञवाली र गायक बद्री पंगेनी पनि मधेस झरेका छन् ।

एमाले अध्यक्ष ओलीसँग वाराको सिमरा पुगेका ज्ञवालीले सत्तापक्षका अराजकता र धाँधलीको कडा विरोध गरेका थिए भने पंगेनीले साई पनि एमाले मै पनि एमाले भन्दै गीत गायका थिए । एमाले अध्यक्ष ओली मञ्चमा वसिरहेका बेला पंगेनीले एमालेलाई जिताउन आग्रह गरेका थिए ।

त्यसैगरी ज्ञवालीले भरतपुर महानगरपालिकामा एमालेले चुनाव जितेको तर सत्तासँग पराजित भएको बताएका थिए । भरतपुरको जवाफ बाराको सिमराबाट दिन ज्ञवाली मधेस झरेको बताए । निर्वाचनको मौन अबधि सुरु भएपनि आफु निर्वाचन नसकिएसम्म मधेस क्षेत्रमै रहेन बताएका छन् ।

ओलीले न देउवाको आलोचना गरे नत प्रचण्डका आरोपको खण्डन नै गरे । उनले एमालेलाई मधेस विराधी भन्नेहरुलाई कडा जवाफ मात्र दिए ।

Facebook Comments

सम्बन्धित समाचार