• होमपेज
  • समाचार
  • मधेश विरोधी भनेर प्रचार गर्नेले मधेशका लागि केही पनि काम नगरेको ओलीको दाबी

मधेश विरोधी भनेर प्रचार गर्नेले मधेशका लागि केही पनि काम नगरेको ओलीको दाबी

  • शुक्रबार, भदौ ३०, २०७४
मधेश विरोधी भनेर प्रचार गर्नेले मधेशका लागि केही पनि काम नगरेको ओलीको दाबी

बारा,भदौं ३०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले जनताको लागि काम गर्ने नेतृत्व स्थानीय तहमा पुग्नुपर्ने र त्यस्ता व्यक्ति एमालेमा मात्रै रहेको दाबी गर्नुभयो ।

ओलीले नजिकिएको निर्वाचनमा आफ्नो पक्षमा मतदान गरेर आफ्नो नगर र गाउँँलाई समृद्ध बनाउने अभियानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभयो ।एमालेलाई मधेश विरोधी भनेर प्रचार गर्नेले मधेशका लागि केही पनि काम नगरेको भन्दै ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो । नागरिकलाई झुक्याएर राजनीति गर्ने पक्षमा एमाले नरहेको भन्दै ओलीले काम गरेर नागरिकलाई खुशी राख्नेतर्फ एमाले केन्द्रित हुने जिकिर गर्नुृभयो ।

Facebook Comments

सम्बन्धित समाचार