• होमपेज
  • समाचार
  • बाढीको चपेटामा परेका माडीबासीको धैर्यता प्रशंसायोग्यः गृहमन्त्री शर्मा

बाढीको चपेटामा परेका माडीबासीको धैर्यता प्रशंसायोग्यः गृहमन्त्री शर्मा

  • शुक्रबार, भदौ ३०, २०७४
बाढीको चपेटामा परेका माडीबासीको धैर्यता प्रशंसायोग्यः गृहमन्त्री शर्मा

चितवन, भदौं ३०–

गृहमन्त्री जनार्दन शर्माले बाढीले पु¥याएको क्षतिबाट कत्ति पनि विचलित नभई माडीबासीले देखाएको धैर्यताको प्रशंसा गर्नुभएको छ । बाढीबाट धेरै भौतिक क्षति व्यहोर्नुपरेको माडीबासीले देखाएको धैर्यता र एकता प्रंशसा योग्य रहेको गृहमन्त्री शर्माको भनाई छ ।

‘ऐतिहासिक धार्मिक तथा पर्यटन माडीको पहिचान, कला सँस्कृति सम्बद्र्धन र समुन्नत माडी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आज (शुक्रबार)देखि माडीमा सुरु भएको भएको ‘माडी साँस्कृतिक उत्सव, कषि, पर्यटन तथा ब्यापार मेला’ को विशेष समारोहकाबीच उद्घाटन गर्दै गृहमन्त्री शर्माले विपद्को समयमा जनधनको क्षति भएतापनि मानविय क्षति नभएकाले बिग्रिएका संरचना र बाढीको समस्या समाधानका लागि नेपाल सरकारले जनतासंग मिलेर काम गर्ने बताउनुभयो ।

गृहमन्त्री शर्मा हेलिकोप्टर मार्फत मेला उद्घाटन गर्न आजै चितवन आउनु भएको हो । मेला उद्घाटन पश्चात उहाँ काठमाडौं फर्कनु भएको छ ।

माडी साँस्कृतिक उत्सव, कषि, पर्यटन तथा ब्यापार मेला सुरु

चितवनको माडीमा आज (शुक्रबार)देखिमाडी साँस्कृतिक उत्सव, कषि, पर्यटन तथा ब्यापार मेला सुरु भएको छ ।

मेलाको आज एक विशेष समारोहकाबीच गृहमन्त्री जनार्दन शर्माले समुद्घाटन गर्नुभयो । समुद्घाटन समारोहमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु भएका पत्रकार महासंघ चितवनका पूर्व सचिव नारायण सापकोटालाई सम्मान समेत गरिएको छ ।

आजदेखी औपचारिक रुपमा सुरुवात गरिएको मेला अगामि असोज ८ गतेसम्म माडीको बसन्तपुरमा रहेको चौरमा सञ्चालन हुनेछ । करिव ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । मेलामा लोकदोहोरी तर्फ पशुपति शर्मा, रामजी खाँड, ज्योती मगर, नविन पौडेल, दिपक खड्का, प्रिति आले, ढाकाराम पौडेल, भुमिका गिरी, उमादेवी खनाल, प्रदिप त्रिपाठी, गोविन्द अधिकारी, आधुनिक तर्फ हेमन्त शर्मा, कमल खत्री, अर्जुन कौशल, सहिमा श्रेष्ठ, पप गीततर्फ सुनिल गिरी, विकाश पाण्डे, सन्तोष बस्याल, हास्य विधातर्फ बल्छी धुव्रे, राजु मास्टर, डान्सर तथा मोडल विनु खड्का, डान्सर प्रदिप सापकोटा, जादुगर बलराम सरकारलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नियमित प्रस्तुती रहने आयोजकले बताएको छ ।

ग्रामीण सञ्चार सञ्जाल माडीका सचिव विकाश भुसालले सञ्चालन गर्नुभएको औपचारिक समारोह संस्थाका अध्यक्ष सूर्यप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार