• होमपेज
  • Uncategorized
  • सामर्थ्य नेपालद्धारा भरतपुर अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न

सामर्थ्य नेपालद्धारा भरतपुर अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न

  • शुक्रबार, भदौ ३०, २०७४
सामर्थ्य नेपालद्धारा भरतपुर  अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न

चितवन,भदौ ३०

सामाजिक काममा क्रियाशिल संस्था सामर्थ्य नेपालले भरतपुर अस्पताल परिसरमा सरसफाई गरेको छ ।  सामाजिक उतरदायित्व अन्र्तगत अस्पताल परिसरमा सरसफाई गरिएको संस्थाले जनाएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीको उपस्थितिमा सरसफाई गरिएको संस्थाले जनाएको छ । सरसफाई कार्यक्रममा बोल्दै अस्पतालका मेसु मरासिनीले अस्पतालको सेवा लाई चुस्त बनाईएको बताए ।

पछिल्लो समय अस्पतालमा सबैको आकर्षण बढ्दै गएको बताए । सरसफाईलाई अभियानको रुपमा संचालन गर्न उनले सवै सरोकारवालालाई आग्रह गरे ।संस्थाले सरसफाई पश्चात फोहर ब्यबस्थापनका लागि ६ वटा रिङ् समेत उपलब्ध गराएको सस्थाका अध्यक्ष अर्जुन भुषालले जानकारी दिए । सामाजिक तथा मानविय सेवा लाई मुलमन्त्र बनाएर संस्था गठन गरिएको अध्यक्ष भुषालको भनाई छ ।

सस्थाको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको र सस्थामा आबद्ध हुन इच्छुक हुनेहरुका लागि सदस्यता खुला गरिएको प्रचारप्रसार प्रमुख सन्तोष क्षेत्रीले जानकारी दिए । हाल पाँच जिल्लामा शाखा बिस्तार गरिएको सस्था लाई आगामी दिनमा देशका हरेक जिल्लामा शाखा बिस्तार गर्ने योजना रहेको सस्थाका सचिव संगिता अयालले जानकारी दिईन् । सस्था स्थापना भएको छोटो समयमा रक्तदान,सरसफाइ , चेपाङ बालबालिका लाई खाद्यान्न एबम स्टेसनरी सामान बितरण , ट्राफिक सचेतता ,बढीपीडित का लागि खाद्यान्न सामाग्री बितरण , लगाएका सामाजिक कार्य गरेको सस्थाले जनाएको छ । सरसफाई कायकममा संस्थाका पदाधिकारी,सदस्य,अस्पतालका कमचारि लगाएको उपस्थिति रहेको थियोे ।

Facebook Comments

सम्बन्धित समाचार