• होमपेज
  • समाचार
  • किम जोङको हत्या गर्न दक्षिण कोरियाले विशेष टोली बनाउँदै

किम जोङको हत्या गर्न दक्षिण कोरियाले विशेष टोली बनाउँदै

  • शुक्रबार, भदौ ३०, २०७४
किम जोङको हत्या गर्न दक्षिण कोरियाले विशेष टोली बनाउँदै

एजेन्सी,भदौ ३० –

गत ३ सेप्टेम्बरमा उत्तर कोरियाले गरेको विशाल मिसाइल परीक्षणपछि दक्षिण कोरियाले नेता किम जोङ उनको हत्या गर्ने विशेष योजनालाई अनुमोदन गरेको छ । एउटा विशेष टोली तयार गरी उत्तर कोरियाली नेताको हत्या प्रकरण छिटै कार्यरत गराउने दक्षिण कोरियाले खबर गरेको हो ।

अमेरिकी राष्ट्रपतिले धेरै कोशिस गरिसक्दा पनि उत्तर कोरियाको हर्कतमा रोक लगाउन नसकेपछि दक्षिण कोरिया यस्तो नतिजामा पुग्न बाध्य भएको हो । अहिलेपनि उत्तर कोरिया अर्को परीक्षण गर्नका लागि तयारी गरिरहेको भन्ने खबरले दक्षिण कोरियालाई झनै चिन्तामा पारिदिएको छ । उत्तर कोरियाले त्यसरी नै सफल परीक्षणहरु गर्दै गएमा अमेरिका र दक्षिण कोरियामा ठूलो सङ्कट आइलाग्ने कुरा निश्चित छ । त्यसैले कुनैपनि किसिमको युद्ध र दर्घटनाबाट बच्नका लागि दक्षिणले अन्य विकल्पको खोजी गरिरहेको छ ।
तर यो कार्य त्यति सजिलो हुने छैन किनकी एउटा गलत कदम विनाशको कारण बन्न सक्छ । किम जोङ उनलाई गरिने कुनैपनि आक्रमण असफल भएमा यसले झन ठूलो द्वन्द्व सिर्जना हुने भएकाले पनि दक्षिण कोरियाले धेरै सावधानी अपनाउनु पर्ने हुन्छ ।

उता आफ्नै देशमा समेत खतरा मोलेर राज गरिरहेका नेता किम जोङ उन पहिलेभन्दा कडा सुरक्षा र निगरानीमा बसिरहेका छन् । उनलाई आफ्नै देशमा समेत विभिन्न तर्फबाट खतरा र धम्कीहरु आउने गरेका छन् । क्रुर शासक भएकै कारण उनको जीवनलाई चौबीसै घण्टा जुनसुकै स्थानमा पनि खतरा छ । उत्तर कोरियाभित्रै उनका प्रतिस्पर्धीहरु र दुश्मनहरु प्रशस्त छन् जो उनीबाट राज्य खोस्ने दाउमा मौकाको पर्खाइमा छन् । यो अवस्थामा दक्षिणको योजनाले उत्तर कोरियालाई झनै संवेदनशील बनाउने र भयानक कदम उठाउन भड्काउने स्थिति समेत उत्पन्न हुन सक्छ । तर कुनै विकल्प नहुँदा नेता किमविरुद्ध षड्यन्त्र रच्नै पर्ने दक्षिण कोरियाले बताएको हो ।

Facebook Comments

सम्बन्धित समाचार