• होमपेज
  • मनोरञ्जन
  • साथीले किड्नी दिएपछि बाँचिन् सेलेना

साथीले किड्नी दिएपछि बाँचिन् सेलेना

  • शुक्रबार, भदौ ३०, २०७४
साथीले किड्नी दिएपछि बाँचिन् सेलेना

एजेन्सी, भदौ ३० –

भन्छन् गास छोड्नु तर साथ नछोड्नु , साथीको लागि ज्यान दिन्छु । यो भनाईलाई अनुसरण गर्ने कम नै छन् । तर चर्चित अमेरिकी गायिका सेलेना गोमेजकी एक साथीले यी भनाईलाई सार्थकता दिएकी छिन् ।

लामो समय देखि लुपुस नामक रोगबाट प्रभावित सेलेनाको अन्तिममा एउटा किड्नी फेल भएको थियो र अर्को किड्नी पनि स्वस्थ नहुदाँ उनलाई किड्नीको आवश्यकता परेको थियो । जुन आवश्यकता उनकी बेस्ट फ्रेन्ड फ्रान्सीया राइसाले पुरा गरिन् । फ्रान्सीयाले सेलेनालाई किड्नी दिएपछि अहिले उनी पुर्णरुपमा स्वस्थ भएकी छिन् ।

बिहीबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत किड्नी ट्रान्सप्लान्ट पछिको एक तस्बिर सेयर गरेकी थिइन् । फ्रान्सीया अमेरिकी हलिउड कलाकार हुन् जसले फेमस टिभी सिरिज द सेकरेट लाइफ अफ द अमेरिकन टिनेजरमा एड्रियन लिको भुमिका गरिरहेकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार