• होमपेज
  • समाचार
  • सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

  • शुक्रबार, भदौ ३०, २०७४
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए

नुवाकोट, भदौ ३०–

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलका राजमान तामाङ नुवाकोटस्थित लिखु खोलामा मृत भेट्टिएका छन् ।

दश दिनअघि घरबाट सम्पर्कविहीन भएका ४० वर्षका तामाङ बिहीबार राति शिवपुरी गाउँपालिका–३ लिखुस्थित लिखुखोला किनारमा मृतावस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाशकुमार भट्टराईले जानकारी दिनुभयो ।

मृतकका भतिज दावा तामाङ सम्पर्कमा आएपछि पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही नदेखिएकाले खोलाले बगाएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतकको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल, त्रिशूली ल्याइएको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार