• होमपेज
  • समाचार
  • नेपाल हाइड्रो डेभलपरको आइपीओ बाँडफाँड, कति जनाले पाए शेयर ?

नेपाल हाइड्रो डेभलपरको आइपीओ बाँडफाँड, कति जनाले पाए शेयर ?

  • शुक्रबार, भदौ ३०, २०७४
नेपाल हाइड्रो डेभलपरको आइपीओ बाँडफाँड, कति जनाले पाए शेयर ?

काठमाण्डौं, भदौ ३०—

नेपाल हाईड्रो डेभलपर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको आफ्नै कार्यालयमा शुक्रबार बिहान बाँडफाँड गरेको हो।

एक लाख ७१ हजार पाँच सय ९२ अवेदकमा ३६ हजार दुई सय ७० जनाले १० कित्ता शेयर पाएका छन्।
कम्पनीले निष्कासन गरेको शेयरभन्दा चार गुणा बढी आबेदन परेकोले सबैलाई १० कित्ता शेयर बाढ्न नपुगेपछि गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको छ।

कम्पनीले तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको हो। जसमा सामुहिक लगानी कोषलाई पाँच प्रतिशत हुन आउने १९ हाजर पाँच सय कित्ता, कर्मचारीलाई सात हजार आठ सय कित्ता र बाँकी रहेको तीन लाख ६२ हाजर सात सय कित्ता सर्वसाधारण लगानीकर्तालाई बाँडफाँड गरिएको छ।

१०० रुपैयाँ अंकित दरका शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आबेदन दिन सकिने व्यवस्था थियो।

Facebook Comments

सम्बन्धित समाचार