• होमपेज
  • समाचार
  • उत्तर कोरियाद्वारा फेरि जापानको आकाशमा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा फेरि जापानको आकाशमा क्षेप्यास्त्र प्रहार

  • शुक्रबार, भदौ ३०, २०७४
उत्तर कोरियाद्वारा फेरि जापानको आकाशमा क्षेप्यास्त्र प्रहार

टोकियो,भदौ ३० –

उत्तर कोरियाले जापानको आकाशमा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यसअघि गत अगस्ट २९ तारिखमा पनि उत्तर कोरियाले जापानी भूभाग हुँदै क्षेप्यास्त्र परीक्षण गरेको थियो । समाचारमा जनाइएअनुासार उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र जापानको हकाइदो टापुको आकाशमाथि देखिएको थियो।

राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको सो क्षेप्यास्त्रले ३ हजार ७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले बताएका छन् । जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै अलार्म बजेको थियो र हकाइदोका बासिन्दालाई सर्तक रहन भनिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको हो ।  दक्षिण कोरियाली र जापानी सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा भइरहेको बताएका छन्।

Facebook Comments

सम्बन्धित समाचार