• होमपेज
  • Uncategorized
  • पापीहरुलाई नर्कमा यसरी दिइन्छ सजायँ

पापीहरुलाई नर्कमा यसरी दिइन्छ सजायँ

  • बिहिबार, भदौ २९, २०७४
पापीहरुलाई नर्कमा यसरी दिइन्छ सजायँ

एजेन्सी,भदौ २९ –

थाइल्याण्ड रहेको ‘वाङ सेइन सुक हेल गार्डन’ बौद्ध धर्मावलम्बीहरुले नर्कको वास्तविकता प्रस्तुत गर्नका लागि निर्माण गरेका हुन् । उक्त स्थान एउटा पार्क जस्तै छ जसमा नर्कमा सजायँ भोग्नेहरुलाई कसरी यातना दिइन्छ भनेर विभिन्न मूर्तिमार्फत देखाउन खोजिएको छ ।
विशेषगरी बुद्ध धर्म मान्ने मानिसहरुलाई त्यहाँ नर्कसम्बन्धी जानकारी पनि दिइन्छ । उनीहरुलाई मृत्युपछिको अलग संसारसँग परिचय गराउन त्यहाँ यससम्बन्धी पढाइने गरिन्छ ।

यस गार्डेनमा दैनिक थुप्रै परिवारहरु भ्रमण गर्न आउने गरेका छन् । पर्यटकको भीड लाग्ने गरेपनि त्यहाँ देखिने दृश्य चाहिँ भयानक र डरलाग्दा छन् । थाइल्यान्डमा रहेका बुद्ध धर्मावलम्बीहरुका अनुसार कुनैपनि बौद्धमार्गीको मृत्यु भएपछि उसले गरेका गलत र राम्रा कामको मूल्याङ्कन गरि उनीहरुलाई सजाय तोकिन्छ । पाप गर्नेलाई नर्कमा कसरी क्रुर सजायँ दिइन्छ भन्ने प्रस्तुत गर्नकै लागि त्यहाँका मूर्तिहरुलाई त्यसरी प्रदर्शनका लागि राखिएको हो ।

ती मूर्तिहरुलाई पहिलोपटक हेर्ने जोकोही पनि डराउने गर्दछ । जीवनलाई सही तरिकाले नबाँचेर खराब काम गर्नेलाई त्यस्तो क्रुर तरिका अपनाएर यातना दिइने विश्वास दिलाइन्छ । यसबारे जानकारी लिएपछि बुद्ध धर्म मान्नेहरुले जीवनमा सधैँ राम्रो कार्य मात्र गर्ने प्रोत्साहन पाओस् भन्ने उद्देश्यले सो गार्डेनको स्थापना गरेको बताइन्छ । आफ्ना मातापितालाई दुःख दिने देखि लिएर अन्य ठूल्ठुला गलत कार्यहरुका लागि पनि छुट्टाछुट्टै सजायँ तोकिएको ती मूर्तिहरुमार्फत देख्न सकिन्छ । सबै मूर्तिहरुको तलपट्टी उनीहरुले गरेका गलत कार्यपनि उल्लेख गरिएको हुन्छ ।

Facebook Comments

सम्बन्धित समाचार