• होमपेज
  • समाचार
  • अर्घाखाँचीमा चितुवा मार्न सेना र प्रहरी परिचालन

अर्घाखाँचीमा चितुवा मार्न सेना र प्रहरी परिचालन

  • बिहिबार, भदौ २९, २०७४
अर्घाखाँचीमा चितुवा मार्न सेना र प्रहरी परिचालन

अर्घाखाँची, भदौ २९ –

अर्घाखाँचीमा चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको हो ।
चितुवाबाट सुरक्षाको प्रत्याभुती दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले बिहीबारदेखि चितुवा मार्नका लागि बिशेष टोली परिचालन गरेको छ ।

गएको मंगलबार बेलुका सन्धिखर्क नगरपालिका–७ प्रगतीनगरका ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालीन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताउनुभयो । चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोटलगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला वनको टोली परिचालन गरिएको छ ।
जिल्लामा गएको तीन वर्षभित्र १५ जना भन्दा बढि बालवालिकालाई चितुवाले आक्रमण गरेको छ । जसका कारण १० जनाको ज्यान गएको छ ।

जिल्लामा चितुवा आक्रमण र आतंक बढ्दै गएको लामो समय हुँदा समेत प्रहरी प्रशासनले चितुवा मार्नका लागि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्न नसकेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार