• होमपेज
  • Uncategorized
  • विश्वकै सबैभन्दा बुढी पाण्डा बासीको मृत्यु

विश्वकै सबैभन्दा बुढी पाण्डा बासीको मृत्यु

  • बिहिबार, भदौ २९, २०७४
विश्वकै सबैभन्दा बुढी पाण्डा बासीको मृत्यु

काठमाडौँ,भदौ २९ –

विश्वकै सबैभन्दा बुढी पाण्डा बासीको मृत्यु भएको छ। गत वर्ष माघमा आफ्नो ३७ औं जन्मोत्सव मनाएकी बासी पाण्डाको बिहीबार बिहान ८ बजेर ५० मिनेट जाँदा मृत्यु भएको उसको हेरविचारमा संलग्न कर्मचारीले जानकारी दिएका छन्। चीनको फुजौ सहरस्थित संरक्षण केन्द्रमा रहेकी बासी सन् १९८० मा जन्मेकी हो।

चीनमा निकै चर्चित बासीको उमेर मान्छेको १०० वर्ष बराबर मानिन्छ।

गत वर्ष अक्टोबरमा जिया जियाको ३८ वर्षमा मृत्यु भएपछि बासीले विश्वकै बुढी पाण्डाको उपाधि पाएकी थिई। चीनको बासी जर्जबाट उद्धार गरिएकी हुँदा उसको नाम बासी राखिएको हो।

चीनमा ठूला पाण्डाहरू निकै महत्वपूर्ण मानिन्छन् र यिनको विशेष संरक्षण गरिन्छ।

बासीको सम्झनामा विशेष ‘शोक सभा’ गरिने र यो स्थानीय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने बिबिसीले उल्लेख गरेको छ।

Facebook Comments

सम्बन्धित समाचार