• होमपेज
  • Uncategorized
  • एसीसी यु १९ एशिया कप छनौटः नेपालद्धारा सिंगापुर ७ विकेटले पराजित, समूह विजेता बन्दै सेमिफाईनलमा

एसीसी यु १९ एशिया कप छनौटः नेपालद्धारा सिंगापुर ७ विकेटले पराजित, समूह विजेता बन्दै सेमिफाईनलमा

  • बिहिबार, भदौ २९, २०७४
एसीसी यु १९ एशिया कप छनौटः नेपालद्धारा सिंगापुर ७ विकेटले पराजित, समूह विजेता बन्दै सेमिफाईनलमा

काठमाडौं, भदौं २९–

नेपाल समूह विजेता बन्दै एसिसी यू–१९ एशिया कप छनौट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । समूहको आज भएको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको हो ।

मलेसियाको क्लब अमनमा भएको खेलमा सिंगापुरले दिएको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालका लागि ओपनर सन्दिप सुनारले २०, अनिल कुमार शाहले १८ र मोहमद असिफ शेखले रनको योगदान दिए । सुमित महर्जन १० र सुन्दिप जोरा ७ रनमा नटआउट रहे । सिंगापुरका अभि दिक्क्षितले २ र अन्स भरगाभाले एक विकेट लिए ।

यस अघि टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पारेको थियो । उसका लागि अभि दिक्क्षितले २६, सिद्धान्तले २३, हन्सुल दिपले २२ र आर्यमान सुनिलले २१ रनको योगदान दिए । सिंगापुरको व्याटिङ लाईनलाई धरासय बनाउने क्रममा नेपालका पवन सर्राफ एक्लैले ६ विकेट लिए । ८ ओभर बलिङ गरेका पवनले १२ रन मात्रै खर्चिए । यस्तै किशोर महतोले २, सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

नेपालसंग पराजित भएपनि सिंगापुर पनि उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार