• होमपेज
  • समाचार
  • मधेस र मधेसी जनताप्रति माओवादी संवेदनशीलः प्रचण्ड

मधेस र मधेसी जनताप्रति माओवादी संवेदनशीलः प्रचण्ड

  • बुधबार, भदौ २८, २०७४
मधेस र मधेसी जनताप्रति माओवादी संवेदनशीलः प्रचण्ड

राजविराज (सप्तरी), भदौ २८–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी मधेस र मधेसी जनताप्रति अत्यन्त संवेदनशील रहेकाले मधेसी जनताले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीलाई विजय गराउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा सप्तरीको राजविराजमा आउनुभएका अध्यक्ष प्रचण्डले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेकपा (एमाले)ले मधेस र मधेसीप्रति शोषण मात्रै गरेको र झुठो आश्वासन दिएर ठग्दै आएको तर आफ्नो पार्टी मधेस र मधेसीको समृद्धि र विकासमा लागेको बताउनुभयो ।

उहाँले प्रदेश नं। २ को स्थानीय तहको निर्वाचनमा मधेसी दलसँग आफ्नो पार्टी तालमेल मिलाउन खोजेको तर मधेसी दलहरुभित्र विवाद, तनाव र खिचातानी रहेकाले तालमेलमा समस्या भएको स्पष्ट गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा तराई मधेसको डुवान समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेको बताउँदै उहाँले तराईको हुलाकी राजमार्ग र सिँचाइको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताउनुभयो ।

यसअघि अध्यक्ष प्रचण्डले सप्तरीका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्था र निर्वाचनका बारेमा जानकारी लिनुभएको थियो । त्यस्तै उहाँले आज बिहान सप्तरीका उद्योगी व्यवसायीसँग समेत सप्तरीको राजनीतिक अवस्था र व्यावसायिक अवस्थाबारे छलफल गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार