• होमपेज
  • समाचार
  • बंगलादेश जानेक्रममा रोहिंग्या समुदायका १०० जनाको मृत्यु

बंगलादेश जानेक्रममा रोहिंग्या समुदायका १०० जनाको मृत्यु

  • बुधबार, भदौ २८, २०७४
बंगलादेश जानेक्रममा रोहिंग्या समुदायका १०० जनाको मृत्यु

कोक्स बजार (बंगलादेश), भदौ २८ –

म्यानमारमा पछिल्लो समयमा यहाँका स्थानीय रोहिंग्या समुदायका नागरिककामाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्नेक्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ । गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो । सो विवादका कारण रोहिंग्याले देश छोडेका छन् । उनीहरु छिमेकी देश बंगलादेशमा पुगेर शरणार्थीकोरुपमा रहेका छन् ।

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट उनीहरु पार गर्नेक्रममा यसरी ज्यान जाने गरेको छ । त्यस समयदेखि बुधबारसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन । ज्यान जानेमा कैयौंको संख्यामा बालबालिका पनि परेका छन् । तर, संख्या भने स्पस्ट छैन ।

म्यानमारको रोहिंग्या मुस्लिम समुदायका झन्डै तीन लाख मानिस भागेर शरणार्थीकारुपमा बंगलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतीको विषयमा व्यापक विवाद सुरु भएको छ ।

राखिन राज्यमा रोहिंग्या मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौं हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन् । विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्यपदार्थ, पानी, आवास र औषधि उपचारबिना नै बसेका छन् ।

अहिलेसम्म यहाँबाट भागेर बंगलादेशसम्म पुग्ने नागरिकको संख्या कम्तीमा पनि तीन लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यवस्था नरहेको बताइन्छ ।

उनीहरुले नदी तर्नेक्रममा माछा मार्ने र कमसल खालको डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो ।

सानो डुंगामा धेरैजना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन् । रासस/एएफपी

Facebook Comments

सम्बन्धित समाचार