• होमपेज
  • Uncategorized
  • यस्तो छ दशैं, तिहार लक्षित चितवन प्रहरीको विशेष सुरक्षा योजना (भिडियोसहित)

यस्तो छ दशैं, तिहार लक्षित चितवन प्रहरीको विशेष सुरक्षा योजना (भिडियोसहित)

  • बुधबार, भदौ २८, २०७४
यस्तो छ दशैं, तिहार लक्षित चितवन प्रहरीको विशेष सुरक्षा योजना (भिडियोसहित)

चितवन, भदौं २८–

नेपालीहरु महान् चाड बडा दशैं नजिकिदै गर्दा चितवन प्रहरीले दशैं–तिहार विशेष सुरक्षा योजना ल्याएको छ । प्रहरीले राजमार्गमा हुने चोरी डकैती निरुत्साहित गर्न, बजारमा कालोबजारी र कृतिम अभाव सृजना हुन नदिन, तत्कालै प्रहरी परिचालन र विस्तार गर्ने उद्देश्यले विशेष सुरक्षा योजना ल्याइएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले चाडबाडको समयमा अपराधिक गतिविधि हुन नदिन र शान्तिपूर्वक रुपमा चाड पर्व मनाउने वातावरण बनाउनकै लागि विशेष सुरक्षा योजना ल्याईएको बताउनुभयो । नारायणी अनलाईनसंग कुरागर्दै एसपी थापाले भन्नुभयो–“यही भदौं २५ गतेदेखि नै लागु हुनेगरि सुरक्षा योजना ल्याएका हौं, सोही अनुसार अहिले प्रहरी परिचालन गरेका छौं ।”

एसपी थापाले विशेष सुरक्षा योजना अन्तरगत राजमार्गमा चल्ने सवारी साधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा स्कर्टिङ गर्ने, सादा पोशाकले बैंक तथा वित्तिय संघसंस्था, बढि आर्थिक कारोबार हुने स्थानहरुमा अनुगमन गर्ने काम भईरहेको जानकारी दिनुभयो ।

यस्तो छ योजनाको उद्देश्य

–राजमार्गमा हुने चोरी डकैती निरुत्साहित गर्ने ।
–बजारमा कलोबजारी र कृतिम अभाव सृजना हुन नदिने ।
–तत्कालै प्रहरी परिचालन र विस्तार गर्ने ।
–राजमार्गको लाईफ लाईन सुचारु राख्न ।
–जनतामा प्रहरीको सहभागितामा वृद्धि गर्न ।
–तत्काल खोजतलास, उद्धार र कानुनी कारवाही गर्न ।

परिचालनको अवधारणा

–राजमार्गमा चल्ने सवारी साधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा स्कर्टिङ गर्ने ।
–सादा पोशाकले बैंक तथा वित्तिय संघसंस्था, बढी आर्थिक कारोबार हुने स्थानहरुमा अनुगमन गर्ने ।
–चोरी, लुटपाट जस्ता घट्ना हुन नदिन जिल्लामा मोटरसाईकलमा २ जनाको विशेष टोली २४ सै घण्टा परिचालन गर्ने तथा मातहत इकाईले समेत बढी कारोबार हुने स्थान तथा बैंक र वित्तिय संस्थाको कारोबारको समयमा सुरक्षा व्यवस्थाको अनुगमन गर्ने ।
–यात्रुहरुका समस्इा तथा काउन्टरबाट प्रदान गरिने सेवालाई व्यवस्थित र पारदर्शी गराउने उद्देश्यले भमनपा ९ केन्द्रीय बसपार्क र भमनपा १ पुल्चोकमा यातायात व्यवसायीको प्रतिनिधि समेत रहने गरि हेल्प डेस्कको स्थापना गरिएको ।
–दिवा तथा रात्रीकालिन सवारीलाई स्कर्टिङ गरि सुरक्षित गन्तव्य सम्म पुर्‍याउने ।
–टिकट काउन्टरहरुको मनिटरिङ, कुनै घट्ना घटेको वा हुन सक्ने अवस्थामा सृजना हुन पुगेको अवस्थामा आकस्मिक चेकजाँच समेतको व्यवस्था ।

Facebook Comments

सम्बन्धित समाचार