• होमपेज
  • समाचार
  • गोर्खाल्याण्डको प्रस्ताव बंगाल सरकारद्धारा अस्वीकार, सञ्‍चारकर्मी र विद्यार्थी प्रभावित

गोर्खाल्याण्डको प्रस्ताव बंगाल सरकारद्धारा अस्वीकार, सञ्‍चारकर्मी र विद्यार्थी प्रभावित

  • बुधबार, भदौ २८, २०७४
गोर्खाल्याण्डको प्रस्ताव बंगाल सरकारद्धारा अस्वीकार, सञ्‍चारकर्मी र विद्यार्थी प्रभावित

काठमाडौं,भदौं २८ –

दार्जिलिङलाई गोर्खाल्याण्डको माग गर्दै आन्दोलनरत दलहरुको मागबारे सरकारले बेवास्ता गरेको छ । मंगलबार छलफल गर्न सिलिगुडीमा बोलाइएको वार्तामा बंगालकी मुख्य मन्त्री ममता बनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरेकी हुन् । तर,उनले यो वार्तालाई सकरात्मक र रचणात्मक भनेकी छिन् ।

‘चाड–पर्वको मौसम पनि आइसक्यो । हामी पहाडमा शान्ति फर्केको हेर्न चाहान्छौं’, वार्ता पछि भारतीय सञ्चारमाध्यमले उनको भनाई उदृत गर्दै भनेका छन्, ‘यो सुखद छ कि पाँच पहाडी पार्टी आजको वार्तामा सहभागि भए र थुप्रै बिषय उठाए ।’

पहिलो वार्ता अगष्ट २९ मा भएको थियो । छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै गोर्खा जनमुक्ति मोर्चा लगायतका दलले अनिश्चितकालिन आमहड्ताल सुरु गरेको पनि मंगलवार ९० दिन पुगिसकेको छ । तेस्रो चरणको वार्ता अक्टोबर १६ मा प्रस्ताव गरिएको छ ।

छुटै गोर्खाल्याण्ड राज्यको माग गर्दै भारतको पश्चिम बंगाल सरकार अन्तरगतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङ सहितको क्षेत्रमा जारी आन्दोलन दवाउन बंगाल सरकारले इन्टरनेट सेवा बन्द गरेपछि सञ्चार सेवा प्रभावित भएको छ । इन्टरनेटमा अनलाइन काम गर्ने सञ्‍चारकर्मी, अनलाईन फर्म भरेर पढ्न पाउने विद्यार्थी र इन्टरनेट सेवा प्रदान गर्ने आइएसपीहरु समेत प्रभावित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार