• होमपेज
  • समाचार
  • प्राइम लाईफको बोनस शेयर पारित, १६० प्रतिशत हकप्रद पनि जारी गर्दै

प्राइम लाईफको बोनस शेयर पारित, १६० प्रतिशत हकप्रद पनि जारी गर्दै

  • बुधबार, भदौ २८, २०७४
प्राइम लाईफको बोनस शेयर पारित, १६० प्रतिशत हकप्रद पनि जारी गर्दै

काठमाडौं, भदौ २८ –

प्राईम लाईफ इन्स्योरेन्स कम्पनी (Prime Life Insurance Co. Ltd.) ले एक साथ चार वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७०, २०७०/७१, २०७१/७२ र २०७२/७३ गरी चार आर्थिक वर्षको साधारण सभा गरेको हो ।

भदौ २७ गते सम्पन्न सभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात एक अर्ब २२ करोड चार लाख रुपैयाँको बोनस तथा कर प्रयोजनका लागि ५७ लाख २८ हजार ९८२ रुपैयाँ नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

त्यस्तै सभाले बोनस बितरण पश्चात कायम हुने पूँजीको एक सय ६० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड ८१ लाख रुपैयाँ छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा