• होमपेज
  • समाचार
  • उत्तर कोरियाले फेरी चेतावनी दिँदै भन्योः अमेरिकाले ठुलो पिडा भोग्नुपर्ने छ !

उत्तर कोरियाले फेरी चेतावनी दिँदै भन्योः अमेरिकाले ठुलो पिडा भोग्नुपर्ने छ !

  • बुधबार, भदौ २८, २०७४
उत्तर कोरियाले फेरी चेतावनी दिँदै भन्योः अमेरिकाले ठुलो पिडा भोग्नुपर्ने छ !

काठमाडौं,भदौं २८-

आफुमाथि पछिल्लो प्रतिबन्ध लगाउन प्रस्ताव ल्याउन भूमिका खेलेको भन्दै उत्तर कोरियाले अमेरिकाले यस वाफत ठुलो पिडा भोग्नुपर्ने चेतावनी दिएको छ। ‘आउँदा दिनमा अमेरिकाले अहिलेसम्मै पिडा भोग्नुपर्ने छ’, संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदुत हान ते सङ्ले भने।

अमेरिकाले उत्तर कोरिया विरुद्ध प्रस्ताव गरेको प्रतिवन्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सर्वसम्मत रुपमा पारित गरे पछि उनको यस्तो प्रतिक्रिया आएको हो। हानले प्रतिवन्धलाई गैरकानुनी र अबैधानिक भने। ‘उत्तर कोरिया अन्तिम उपाय अपनाउन तयार छ’, उनले भने।

संयक्त राष्ट्रसंघले उत्तर विरुद्धको प्रतिवन्ध पारित गरेपछि अब कोरियाले सबै प्रकारका प्राकृतिक ग्याँस र तेल आयात गर्न सक्ने छैन्।त्यस्तै त्यहाँको आम्दानीको महत्वपूर्ण स्रोत मानिने कपडा निर्यात गर्न पनि निषेध गरिएको छ। उत्तर कोरियाका कामदारलाई अरु देशमा रोजगारीका लागि जान पनि निधेष गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार