• होमपेज
  • समाचार
  • नेपालको रेल सपनाः लिक बन्यो, गुडाउने रेल छैन !

नेपालको रेल सपनाः लिक बन्यो, गुडाउने रेल छैन !

  • बुधबार, भदौ २८, २०७४
नेपालको रेल सपनाः लिक बन्यो, गुडाउने रेल छैन !

काठमाडौं,भदौं २८-

मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्रयाकमा सञ्चालन गर्ने रेल भने तयार छैन ।

जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९।२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा रेल चलाउन सकिने विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल लिक बनिरहेको छ । भारतीय पक्षले पनि फागुनसम्म यो रेलमार्ग पूर्ण तयार हुने जनाएको छ । विभागले उक्त मार्गमा चलाउने रेलको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन । नागरिक दैनिकमा खबर छ ।

Facebook Comments

सम्बन्धित समाचार