• होमपेज
  • समाचार
  • सप्तरीमा हतियारसहित तीन जना पक्राउ

सप्तरीमा हतियारसहित तीन जना पक्राउ

  • मङ्लबार, भदौ २७, २०७४
सप्तरीमा हतियारसहित तीन जना पक्राउ

राजविराज,भदौ २७ –

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित तीन युवालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा लुकाइछिपाई ल्याइएको एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको छ । अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।
यसैबीच आगामी असोज २ गते प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था एकदमै कडा पारिएको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा