• होमपेज
  • समाचार
  • नेपाली कांग्रेस फुट्यो, नेपाली कांग्रेस (बीपी) गठन !

नेपाली कांग्रेस फुट्यो, नेपाली कांग्रेस (बीपी) गठन !

  • मङ्लबार, भदौ २७, २०७४
नेपाली कांग्रेस फुट्यो, नेपाली कांग्रेस (बीपी) गठन !

काठमाडौं,भदौं २७-

नेपाली कांग्रेस फुटेको छ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेता झलकनाथ वाग्लेले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन् ।

‘नेपाली कांग्रेस (वी.पी)’ पार्टी नामको नयाँ दलको कार्यबहाक अध्यक्षमा वाग्ले छन् । यसैबीच नयाँ दल ‘नेपाली कांग्रेस (वी.पी.) निर्वाचन आयोगमा दर्ता भइ सकेको स्रोतले बतायो । दर्ता भए संगै देश ब्यापि संगठन निर्माण मा सकृय रहने बिषेस श्रोतले जानकारी दिएको छ । यो पार्टी सबभन्दा ठुलो बैकल्पिक प्रजातान्त्रिक शक्ति बन्ने दावि गरिएको छ ।

पछिल्लो समय नेपाली कांग्रेस भ्रष्टाचारमा लिप्त भएको, कार्यकर्तालाई दास सम्झिएको आरोप लगाउँदै वाग्लेले पार्टी फुटाएका हुन् । सभापति देउवाले पार्टीको आफ्नो विचार त्यागेर माओवादीको पथमा हिँडेको, एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप वाग्लेले लगाउँदै आएका थिए ।

वाग्लेले गाउँदेखि नै पैसाले पद र पद्दी किनेको÷बेचेको, कार्यकर्ता तथा सम्पूर्ण नेपाली जनताले वैकल्पिक प्रजातान्त्रिक शक्ति खोजेको, यस्तो वी.पी. विचारमा आधारित शक्ति नहुँदा एमाले जस्तो जाली पार्टीमा जनता जान बाध्य परेकाले विकल्प दिन यो पार्टी खालेको बताए ।

पार्टीको नाम नेपाली कांग्रेस (बीपी) ,चुनाब चिन्ह करुवा र झण्डाको छेउमा भने हिमाल पहाड र तराइलाइ इंगित गर्दै नेपाली कांग्रेसको झण्डामा केहि परिबर्तन गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा