• होमपेज
  • Uncategorized
  • एजुकेशन एण्ड माइग्रेशनको अष्ट्रेलियन सेमिनार भोली

एजुकेशन एण्ड माइग्रेशनको अष्ट्रेलियन सेमिनार भोली

  • मङ्लबार, भदौ २७, २०७४
एजुकेशन एण्ड माइग्रेशनको अष्ट्रेलियन सेमिनार भोली

चितवन, भदौं २७–

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने सोंच बनाएका विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेशन एण्ड माइग्रेशन कर्नर चितवनले भोलि (बुधबार) सेमिनार आयोजना गरेको छ ।

भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म भब्य सेमिनार आयोजना गरिएको एजुकेशन एण्ड माइग्रेशन कर्नर चितवन शाखा प्रमुख बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एजुकेशन एण्ड माइग्रेशन कर्नरका सिड्नी डाइरेक्टर सुनील उप्रेती आउँदै हुनुहुन्छ । सेमिनारमा अस्ट्रेलियन हार्बर कलेजका मार्केटिङ म्यानेजर मुकेश धमला, अस्ट्रेलियन एजुकेशन सिस्टमका एक्स्पर्ट तथा माइग्रेशन वकिल सुनील उप्रेतीले अस्ट्रेलियामा अध्ययनको विषय, विद्यार्थीहरुले पालन गर्नु पर्ने प्राबधानहरुको विषय, अस्ट्रेलियाको विश्वविद्यालयबाट डिग्री हासिल गरे पश्चात विश्व बजारमा प्राप्त हुने अवसरहरुको विषय, अध्ययन पश्चात अस्ट्रेलियामै स्थायी अनुमतिपत्र (पी.आर) लिने विषय र अस्ट्रेलियामा अध्ययनरत रहँदा विद्यार्थीहरुले प्राप्त गर्न सक्ने रोजगारीको अबसरहरुको बिषयमा विद्यार्थीहरुलाई परामर्श दिनु हुनेछ । कार्यक्रम अवधिमै विद्यार्थी र वकिल उप्रेती बीच अस्ट्रेलिया भिजा प्राप्तिका लागि तत्काल लागू भएका कानूनी प्राबधानहरुका विषयमा वृहत हुने आयोजकले जनाएको छ ।

सोही अवसरमा हार्बर कलेजका मार्केटिङ म्यानेजर धमलाले कलेजको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनुको साथै हार्बर कलेजमा अध्ययन गर्न जाने इच्छुक उत्कृस्ट विद्यार्थीहरुलाई तत्काल भर्ना तथा छात्रवृति पनि प्रदान गर्ने बताइएको छ । सो कार्यक्रममा चितवनका विभिन्न कलेजका प्राध्यापकहरुको पनि उपस्थिति रहनेछ ।

साथै एजुकेशन एण्ड माइग्रेशन कर्नर चितवनले प्लस २ मा ७० प्रतिशत भन्दा धेरै मार्क र आईईएलटिएस मा ६ ल्याउने उत्कृस्ट विद्यार्थीहरुलाई निकै आकर्षक अफरहरु राखेको छ ।

त्यस्ता उत्कृस्ट ४० जना विद्यार्थीहरुलाई आइ.टी र अकाउन्टिंग पढ़नको लागि विभिन्न प्रकारका छात्रवृति तथा लक्की ड्र द्वारा ५० जनालाई अस्ट्रेलिया सम्मको फ्री प्लेन टिकटको अफर गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार