• होमपेज
  • समाचार
  • ‘जेसिज कप‘को उपाधी मनाङले उचाल्यो

‘जेसिज कप‘को उपाधी मनाङले उचाल्यो

  • सोमवार, भदौ २६, २०७४
‘जेसिज कप‘को उपाधी मनाङले उचाल्यो

चितवन, भदौ २६–

प्रथम ‘जेसिज कप’ फुटबलको उपाधी मनाङ मस्र्याङ्दी क्लवले हात पारेको छ ।

आज (सोमबार) नारायणगढको क्याम्पाचौरमा भएको फाईनल प्रतिस्पर्धामा विभागीय टिम शशस्त्र प्रहरी बललाई एपिएफलाई २–१ गोल अन्तरले पाखा लगाउँदै मनाङले उपाधीसंगै नगद ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको एपिएफले ट्रफीसंगै नगद १ लाख ७५ हजार प्राप्त गर्‍यो ।

विजेता र उप–विजेतालाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले पुरस्कार प्रदान गरे । फाईनल खेलमा मनाङले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । एपिएफले पहिलो हाफमा गोल गर्ने केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन् । मनाङका लागि पहिलो हाफको १९ र ४० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरे । दोश्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको एपिएफका लागि १९ औं मिनेटमा हरी कार्कीले सान्त्वना गोल गरे । दोश्रो हाफमा पनि एपिएफले धेरै अवसर पाएको थियो । तर बललाई जाली चुमाउन नसक्दा मनाङलाई उपाधी सुम्पन बाध्य भयो ।

खेलमा एपिएफका हरी कार्की प्लेयर अफ दि म्याच घोषित हुँदै नगद ५ हजार पाए । प्रतियोगिताको प्लेयर अफ दि सिरिज मनाङका सुजल श्रेष्ठले प्राप्त गरे । प्लेयर अफ दि सिरिजको पुरस्कार नगद १० हजारसंगै उनले धेरै गोलकर्ताबाट थप १० हजार प्राप्त गरे । उत्कृष्ठ गोलकिपर मनाङकै दिनेश थापा घोषित भए । उनले पनि नगद १० हजार पुरस्कार पाए । उत्कृष्ट टिम घोषित झापा ११ ले नगद १० हजारनै प्राप्त गर्‍यो । गत १७ गतेदेखी सुरु भएको प्रतियोगितामा दुई विभागिय सहित १० टिमको सहभागीता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा