• होमपेज
  • समाचार
  • पर्यटन र कृषिमा सहयोग गर्न चाहन्छुः राजदुत पार्क

पर्यटन र कृषिमा सहयोग गर्न चाहन्छुः राजदुत पार्क

  • सोमवार, भदौ २६, २०७४
पर्यटन र कृषिमा सहयोग गर्न चाहन्छुः राजदुत पार्क

शिशिर सिंखडा,

चितवन, भदौं २६–

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले पर्यटन र कृषि क्षेत्रमा सहयोग गर्न आफु इच्छुक रहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका क्षेत्र अन्तर्गत बाढीबाट प्रभावितहरुलाई स्वास्थ्य सामाग्री एवम् सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै राजदुत पार्कले नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको सौराहा र चितवन राष्ट्रिय निकुञ्जको सम्भावना धेरै रहेको बताए । आफुले चितवनमा पर्यटन र कृषिमा सहयोग गर्न योजना बनाई अगाडि बढ्ने समेत बताए ।

नेपाल र दक्षिण कोरियाको सन् १९७४ बाट दौत्य सम्बन्ध भएको भन्दै उनले दक्षिण कोरिया सरकारले नेपालमा आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्ने बताए । दुई देश बिच गर्न सकिने विकास निर्माणलाई योजनाका साथ अगाडि बढाउन दक्षिण कोरिया सरकार पनि सकारात्मक रहेको राजदुत पार्कले बताए । नेपालको आर्थिक विकासमा दक्षिण कोरिया सधै हातेमालो गर्दै अगाडि बढ्न चाहेको र सोही अनुसार योजना बनाई सहयोग गर्ने समेत उनले बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगर क्षेत्रमा बाढीले पुर्‍याएको असर, यस नगरपालिकाको सम्भावना, भौगोलिक अवस्था र विकासको क्रमको बारेमा जानकारी गराएका थिए । मेयर वनले रत्ननगरको विकासमा दक्षिणकोरिया सरकारसँग सहकार्य गर्न चाहेको भन्दै दक्षिणको कोरियाको सीप नेपालमा प्रयोग गर्न सके नेपाल पनि आर्थिक रुपले समृद्धि हुने भएकोले सहयोगको अपेक्षा गरेका थिए ।

सोही कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले दक्षिण कोरिया सरकारसँग यस क्षेत्रमा टेक्निकल कलेज स्थापना गर्न अनुरोध गरे । सो कलेज स्थापना गर्न सके धेरै भन्दा धेरै नेपालीले सीप आर्जन गरी देशको आर्थिक विकास गर्न सक्ने उनले बताए । विश्वमा नै प्रविधि र सीपमा अग्रस्थानमा रहेको दक्षिण कोरियाको आधुनिक प्रविधि नेपालमा भित्र्याउन सहयोग हुने समेत उनले अपेक्षा गरे ।

कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत् रत्ननगर क्षेत्रका १ सय बाढीपीडित घरपरिवारलाई प्राथमिक उपचारका लागि प्रयोग हुने राहत सामाग्री वितरण गरिएको थियो । छिट्टै नै यस नगरपालिकाका बाँकी १ हजार ९ सय बाढीपीडित घरधुरीलाई पनि सो प्राथमिक उपचार सामाग्री सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा दक्षिण कोरियाली दुतावासका उपप्रमुख काङ युल, कोइका नेपालका प्रमुख ह्याङ क्यो किम, दुतावासका काउन्सिलर मिस म्यान, कोइकाका सहायक कन्ट्रि डाइरेक्टर विकास रावल, रत्ननगर नगरपालिकाका उपप्रमुख बिमला दवाडी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख बासुदेव खतिवडालगायत नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष एवम् विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा