• होमपेज
  • समाचार
  • कान्छीमायालाई ‘पिपुल्स च्वाइस अवार्ड’, किरण बने उत्कृष्ट खेलाडी

कान्छीमायालाई ‘पिपुल्स च्वाइस अवार्ड’, किरण बने उत्कृष्ट खेलाडी

  • सोमवार, भदौ २६, २०७४
कान्छीमायालाई ‘पिपुल्स च्वाइस अवार्ड’, किरण बने उत्कृष्ट खेलाडी

काठमाडौं, भदौं २६–

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो ।

आयोजकका अनुसार कुल ९५ हजार ७२६ भोट आएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो । मनोनयनमा परेका पाँच खेलाडी मध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् । यही विधामा फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे ।

किरण लिम्बु उत्कृष्ट पुरूष खेलाडी घोषित

फुटबलर किरणकुमार लिम्बु वर्षका उत्कृष्ट पुरुष खेलाडी भएकी छन् ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट खेलाडीको अवार्ड राष्ट्रिय टोलीका गोलरक्षक किरणले जितेकी हुन् । किरण विदेशमा रहेकाले आमालाई अवार्ड प्रदान गरिएको छ । यो अवार्डका लागि उनीसँगै ब्याडमिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए ।

नङसल तामाङ उत्कृष्ट महिला खेलाडी घोषित

व्याडमिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत उत्कृष्ट महिला खेलाडीको अवार्ड नङसलले जितेकी हुन् । यो अवार्डका लागि उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेका थिए ।

तस्विरः विनोदबाबु रिजालको फेसबुकबाट

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा